• ६ चैत २०८०, मङ्गलबार

खेलाडीलाई कारबाही नगर्न प्रशिक्षक अल्मुताइरीको आग्रह

blog

प्रशिक्षक अब्दुलाह अल्मुताइरी । एन्फा

काठमाडौँ, वैशाख १८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्र लेख्दै बन्द प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्नुभएको छ ।

टोलीका १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि असन्तुष्टि जनाउँदै विद्रोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि उत्पन्न पछिल्लो विवादबारे अल्मुताइरीले एन्फालाई आइतबार पत्र पठाउनुभएको हो ।  एन्फा महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गरी लेखिएको पत्रमा अल्मुताइरीले सबैसँग मिलेर समस्याको समाधान गर्न र खेलाडीलाई कुनै कारबाही नगर्न अनुरोध गर्नुभएको छ ।

टोलीका सिनियर खेलाडी रोहित चन्दसहित १० जनाले बन्द प्रशिक्षण छाडेपछि अल्मुताइरीले शुक्रबारदेखि टोलीमा १७ जना खेलाडी थपेर एएफसी एसिया कप छनोटको तयारीलाई निरत्नरता दिनुभएको छ ।