• ७ वैशाख २०८१, शुक्रबार

थप १८ जना सङ्क्रमित

blog

काठमाडौं, वैशाख १८ गते । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमित २२१ जना  छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २९ हजार ५७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।