• ६ चैत २०८०, मङ्गलबार

नेपाल र जिम्बावेबीचको पहिलो खेल स्थगित

blog

पानीले भिजेको त्रिवि क्रिकेट मैदान । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख १७ गते । नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो । स्थगित खेल पुनः हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

टस समेत नभई स्थगित गरिएको खेल हुने अर्को दिन भने तय गरिएको छैन । नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि जिम्बावेसँग तीन वटा एकदिवसीय र तीन वटा टी–२०  सिरिज खेल्न लागेको हो ।

यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अन्तर्राष्ट्रिय मान्यता भने दिएको छैन । नेपालले जिम्बावेसँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी–२० सिरिज खेल्ने तालिका तय भएको थियो ।