दुई तिहाइको संविधान मान्य नहुने– अध्यक्ष झा

Anil jhaमहोत्तरी, पुस ११ गते । नेपाली काँग्रेस र नेकपा (एमाले)ले कृत्रिम विवाद सिर्जना गरी माघ ८ गते संविधान नबनाउने षडयन्त्र गरिरहेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आरोप लगाउनुभएको छ ।

सो पार्टीको महासमितिको पूर्व तयारीका लागि महोत्तरीको जलेश्वर आउनुभएका अध्यक्ष झाले आज बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेस र एमालेले दुई तिहाइको बहुमतमा संविधान ल्याए त्यो आफूहरुलाई मान्य नहुने र त्यसको गम्भीर परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनी दिनुभयो ।  रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना