बेमौसमी तरकारी खेती तर्फ आकर्षित हुदै डोटीका किसान


डिलबहादुर सिंह,
डोटी, पुस ११ गते । डोटीको पुर्वीचौकी क्षेत्रका कृषकहरु बेमौसमी तरकारी खेती तर्फ आकर्षित हुदै गईरहेका छन् । प्लास्टिक घर भित्र उत्पादित बेमौसमी टमाटर बिक्रिवाट मनग्गे आम्दानी हुन थाले यस थर्फको आकर्षण बढेको हो । उक्त क्षेत्रका सनागाउ गैरागाउ लगायतका गाबिसमामा बेमौसमी टमाटर खेतीले आम्दानी बढाउन थालेको छ ।
सानागाउ ३ तल्लो रिनकोटका पुर्ण खडकाका अनुसार एउटै बोटवाट १५ देखि २० किलो सम्म टमाटर उत्पादन थालेको छ ।  टमाटर प्रतिकिलो ८० सम्म गाउमै र बिक्रि हुन थाले सधैका बर्षहरुमा कामका लागी भारत जाने गरेका खडकाले गाउमै ब्यबसायिक रुपमा बेमौमसी टमाटर खेती गर्न थालेको बताउनु भयो । टमाटर खेतीवाटै खडकाले भारतमा गरेको रोजगारी भन्दा दोब्बर आम्दानी गर्न थालेको उहाले बताउनु भयो ।
ग्रामिण बिकास केन्द्र डोटी नामक गैरसकारी संस्थाले उक्त क्षेत्रका कृषकहरुलाई प्लाष्टिक घर, बिउ र प्राबिधिक उपल्धगराउदै आएको छ । ग्रामिण बिकास केन्द्र डोटीका अध्यक्ष दलबहादुर देउवाका अनुसार गैरागाउ गाबिस २० वटा र सानागाउमा १० वटा प्लासिष्टक घर बितरण गरिएका छन् । ब्यबसायिक रुपमा तरकारी खेती गरिहरेका हरुलाई बिउ र प्लाष्टिक घर  बितरण गरे पछि समुदायका अन्य ब्यक्तिहरु समेत यस तर्फ आकर्षित हुन थालेको अध्यक्ष देउवाले बताउनु भयो ।
सिलगढी साफेवगर पहलमानसिंहस्वार राजमार्ग संग छोएको सानागाउ गाबिसमा उत्पादित टमाटरले सदरमुकाम सिलगढी सम्मको बजारिकरणको लागी सहज भए पछि किसानहरुलाई टमाटर बिक्रि बितरणमा समेत सहज हुने गरेको छ ।
उक्त क्षेत्रमा ब्यबसायिक रुपमा टमाटर खेती हुन थाले पछि छिमेकी गाबिसका कृषकहहरु समेत ब्यबसायिक टमाटर खेती तर्फ आकर्षित हुन थालेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना