मधेशमा दुई प्रदेश र त्यसमा पहाड मिसाए पनि हुन्छ ः नेता महतो

raविराटनगर, भदौ ५ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस र थरुहट आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न लागेकाले आन्दोलनमा जानु परेको बताउनुभएको छ ।

सो पार्टीद्वारा विराटनगरमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वायत्त मधेसका भूमिहरु खोसिएको र पहाडमा मिसाउन लागिएकाले मधेसमा दुई प्रदेश सो प्रदेशमा चुरे महाभारतको पहाडी क्षेत्र मिसाइए पनि आपूmहरुलाई मान्य हुने उल्लेख गर्नु भयो ।

उहाँले वर्षौंदेखि मधेस–थरुहट प्रदेशमा मधेसी, पहाडी र थारुहरु मिलेर बसेको र ती समुदायबीच वैवाहिक सम्बन्ध पनि हुन थालेको उल्लेख गर्दै वर्षौंको सुमधुर सम्बन्धबीच कटुता आउन दिनु नहुने आवश्यकता औँल्याउनुभयो ।

अबको संविधानमा समानुपातिक प्रतिनिधित्व हटाउन लागिएको, उच्च पदमा मधेसीलाई जान रोकिएको आरोप लगाउँदै उहाँले खस मानसिकता बोकेका केही शासकीय वर्गले राष्ट्रका लागि होइन कि आफ्नै लागि संविधान बनाउन लागेको आरोप लगाउनु भयो ।

उहाँले २०६४ साल फागुन ८ गते भएको सम्झौताअनुरुप र अन्तरिम संविधानमा प्राप्त अधिकार तथा भावनाअनुरुप संविधान बनाउनुपर्ने विषयमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना