आरुषी – हेमराज हत्याकाण्डमा बलिउड फिल्म

talकाठमाडौं । एक नेपाली घरेलु कामदारलाई हत्याको मुख्य अभियोग लगाईएको आरुषी हत्याकाण्डका बारेमा निर्माण गरिएको चलचित्र तलवार को चाँडै नै सार्वजनिक प्रदर्शन गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीको नोयडामा भएको यस हत्याकाण्डमा राजेश तथा नुपुर तलबारको घरमा काम गर्ने नेपाली कामदार हेमराज तथा उनीहरुकी छोरी आरुषी तलवारको नृशंस हत्या गरिएको थियो । बलिउडका प्रसिद्ध निर्देशका गुलजार तथा नायिका राखीकी छोरी मेघना गुलजारद्धारा निर्देशित चलचित्रमा तलबार दम्पतिको घरमा हत्याको रातिको रहस्यलाई सजिव तवरले प्रस्तुत गर्ने प्रयास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । शनिबार दुई घण्टा १२ मिनेट लामो यस चलचित्रको ट्र्ेलर रिलिज गरियो र यसमा कोंकणा सेन शर्मा , इरफान खान तथा अतुल कुमार लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कोंकणा सेनले आरुषीकी आमा नुपुरको र इरफानले हत्या जाँच अधिकारीको भूमिका निर्वाह गरेका छन् । भारतमा गान्धी जयन्तीका दिनदेखि सार्वजनिक प्रदर्शन गरिन लागेको यस चलचित्रमा निर्देाष नेपाली हेमराजको भूमिकालाई मेघनाले कसरी प्रस्तुत गरेकी छिन् भन्ने बारेमा नेपालीहरुका चासो रहनु स्वाभाविक हो । शुरुमा आरुषीका मातापिताले हेमराजमाथि हत्याको आरोप लगाएका भए पनि प्रहरीको लामो अनुसन्धानपछि सन् २०१३ मा भारतीय अदालतले राजेश तथा नुपुरलाई नै आरुषी र हेमराजको हत्यारा ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो । यस सजायविरुद्ध उनीहरुले उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना