• ६ चैत २०८०, मङ्गलबार

छ महानगरबाहेक अन्यको मतपत्र छपाइ सकियो

blog

काठमाडौं, वैशाख १६ गते । निर्वाचन आयोगले छ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले छ महानगरबाहेक ७४७ स्थानीय तहको मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।

यसैगरी, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको छ । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको उहाँले बताउनुभयो ।

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने जनाएको छ । त्यसमध्ये एक करोड ८० लाख ४५ हजार मतपत्रको छपाइ सम्पन्न भएको सहसचिव श्रेष्ठ जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरू