• ६ चैत २०८०, मङ्गलबार

अन्नपूर्ण हिमालमा इटालीका आरोही सम्पर्कविहीन

blog

अन्नपुर्ण हिमालमा सम्पर्क विहिन इटालीका आरोही जिअम्पाओलो कोरोना

काठमाडौं, वैशाख १६ गते । अन्नपुरूण हिमाल आरोहणका क्रममा बिहीबार अपरान्हदेखि इटालीका आरोही जिअम्पाओलो कोरोना सम्पर्कविहीन बन्नुभएको छ । सात हजार चार सय मिटरको चौथो क्याम्प नजिकबाट उहाँ सम्पर्क विहीन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । 

१४ घण्टा अघिदेखि सम्पर्कविहीन रहेका अल्पानिष्ट आरोही जिअम्पाओलो कोरोनाको खोजीका लागि हेलिकप्टर पठाउने तयारी गरेको शेर्पाले जानकारी दिनुभयो । हेलिकप्टरले खोजी कार्य गर्ने र फेला पारेमा लङलाइन (डोरीको माध्यमले झुण्ड्याएर ल्याउने) रेस्क्यु गर्ने गरी कैलास हेलिकप्टरको टोली पठाउने तयारी गरेको उहाँले बताउनुभयो । 

सेभेन समिट ट्रेक्सबाट आरोहण अनुमति लिएर उहाँ विना गाइड आरोहणका लागि चुचुरोतर्फ गएको कम्पनीले जनाएको छ । इटालीका प्रख्यात आरोही जिअम्पाओलो कोरोनाले पाकिस्तान र नेपालका गरी नौ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।