सबैसँग कार्यगत एकता गरेर संविधान जारी गरिने

सुरुङ्गा (झापा), भदौ ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले आर्थिक मेरुदण्डको रूपमा रहेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले विशेष कार्यक्रम अगाडि सारेको बताउनुभएको छ ।

झापा जिल्लाको बिर्तामोडमा शनिबारदेखि सञ्चालनमा ल्याइएको होटल हिकोला हेरिटेजको उद्घाटन गर्दै मन्त्री शेर्पाले सरकारले पर्यटन प्रवद्र्धनको विकास गर्न पर्यटन प्रवद्र्धन समिति गठन गरेको र उक्त समितिले थप नयाँ सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै क्षेत्रको पर्यटन विकासका लागि पुग्ने गरी सरकारसँग पर्याप्त रकम नभएको र दामासाही रूपमा ती क्षेत्रको विकासका लागि रकम विनियोजन गर्नुपर्ने बाध्यता छ ।”

फरक प्रसङ्गमा मन्त्री शेर्पाले मुलुकले छिट्टै नयाँ संविधान पाउने बताउँदै संविधान निर्माणको कार्य अन्तिमचरणमा पुगेको र सबैसँग कार्यगत एकता गरेर संविधान जारी गरिने बताउनुभयो ।

बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठले रु. चार करोडको लगानीमा सो होटल सञ्चालनमा ल्याउनुभएको हो ।

बिर्तामोडमा सुविधायुक्त होटल नभएको अवस्थामा सो होटलले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना