“संविधान जारी भएपछि राजनीतिक सङ्क्रमणको अन्त्य हुनेछ”

 

pmकाठमाडौँ, भदौ ३ गते। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का अर्थमन्त्रीहरुको सातौँ बैठक आज बिहिबार यहाँ सुरु भयो ।

बैठकको उदघाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरुबीच बृहत् सहयोग अपरिहार्य भएको बताउनुभयो ।
सार्कका अल्पविकसित मुलुकलाई तिनको आर्थिक उन्नयनमा सघाउन अतिरिक्त सुरक्षा, स्रोत र सहुलियत उपलब्धल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो – “दिगो शान्ति र समृद्धिका निम्ति सदस्य मुलुकबीच निकटको आर्थिक सहयोग आवश्यक छ, दक्षिण एसियाली आर्थिक सङ्घको निर्माण क्रमिक रुपमा गर्न सकिनेमा हामी विश्वस्त छौँ ।”
वित्तीय क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने अन्तरक्षेत्रीय दीर्घकालीन पुँजी प्रवाह तथा लगानी, सार्क विकास बैंक स्थापना तथा लगानी प्रवद्र्धन एवम् सुरक्षणबारे बैठकमा हुने छलफल परिणाममुखी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
आतङ्कवाद, अतिवाद, मानव, लागुऔषध र हातहतियार तस्करी, मुद्रा निर्मलीकरण र प्राकृतिक विपत्ति जस्ता चुनौतीको गम्भीर भएर सामना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
“संविधान जारी भएपछि लम्बिँदो राजनीतिक सङ्क्रमणको अन्त्य हुनेछ, जनप्रतिनिधिमूलक संस्थाहरुको स्थायित्वका साथै बहुलवाद र प्रजातन्त्र संस्थागत हुनेछ” – मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।
अर्थमन्त्री डा रामशरण महतले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय क्षेत्रमा साझा अवधारण बनाउन बैठक मुख्य मञ्च हुने भएको बताउनुभयो ।
भूकम्पपछि नेपाली अर्थतन्त्र द्रुत आर्थिक वृद्धितर्फ उन्मुख भइरहेको र त्यसका लागि ऊर्जा क्षेत्रमा भारतसँग ऊर्जा व्यापार सम्झौता र यस क्षेत्रका बहुर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको जानकारी दिनुभयो ।
उहाँले सातौँ अर्थमन्त्रीस्तरीय बैठकबाट यस क्षेत्रको प्राकृतिक विपद् र गरिबीसँग सामना गर्ने उपयुक्त संयन्त्र तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सार्कका महासचिव अर्जुनबहादुर थापाले यस क्षेत्रलाई सडक–रेल सञ्चालनमार्फत जोड्दै सार्क क्षेत्रमा उत्पादन भएका वस्तुको सहज प्रवाह हुने वातावरण मिनलाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एसिया ‘आर्थिक सङ्घ’मार्फत सबल सामाजिक आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड दिनुभयो ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले क्षेत्रीय आर्थिक विकासका लागि अर्थमन्त्रीस्तरीय बैठकको निर्णय महत्वपूर्ण हुने बताउनुभयो ।

बैठकमा पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिन्हा, माल्दिभ्सका अर्थ उपमन्त्री महमेद जुहारलगायतले भाग लिनुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना