बुद्ध जन्मभूमि माग गर्दै पदयात्रा

 

 

काठमाडौँ, भदौ २ गते । नेपाल बौद्ध महासङ्घलगायतका विभिन्न संस्थाले नयाँ संविधानको प्रस्तावनामा बुद्ध जन्मभूमि नेपाल लेख्न माग गर्दै माइतीघर मण्डलाबाट आज  पदयात्रा गरेको छ ।

सो पदयात्रा नयाँबानेश्वरस्थित संविधानसभा भवन नजिकै पुगेर सभामा परिणत भएको थियो ।

उक्त सभामा आचार्य नुर्वु शेर्पाले नेपालमा प्रचलनमा रहेका सबै धर्म, संस्कृतिका बीचमा परस्पर मेलमिलाप रहेकाले सबै जाति समुदायका धर्म संस्कृतिलाई राज्यले समान महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

बौद्ध विद्वान् टीका शेर्पाले बुद्धको जन्मभूमि नेपाल भएकाले बौद्ध शिक्षा, दर्शन तथा सहित्यका खोज तथा अनुसन्धानका लागि नेपाललाई विश्वको महत्वपूर्ण स्थलका रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

ती सङ्घ संस्थाले धार्मिक आयोग गठन तथा धर्म निरपेक्षको माग गर्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना