• ६ चैत २०८०, मङ्गलबार

मनाङको नार्पाभूमिमा एमालेका लामा निर्विरोध

blog

लम्जुङ, वैशाख १३ गते । मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध हुनुभएको छ । लामाको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा कुनै पाटी र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । एमालेका लामाको मात्रै एकल उम्मेदवारी परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले नार्पाभूमिमा टेलिफोन सम्पर्क नभएको र निर्वाचन आयोगबाट लिइएको तथ्याङ्क अनुसार उपाध्यक्षमा १ जनाको मात्रै उम्मेदवारी परेको उहाँले बताउनुभयो । 

निर्विरोध लामा यसअघि वडा नम्बर २ को अध्यक्ष हुनुहुन्थ्यो । एमालेले उहाँलाई अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको थियो । अध्यक्षमा काँग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी दिनुभएको छ । कृष्णबहादुर लामाले काँग्रेसमा बागी उम्मेदवारी दिनुभएको छ । 

वडा नम्बर १ मा काँग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । नेकपा एमाले समर्थित तर स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामा निर्विरोध भएका छन् । वडा नम्बर २ र ३ मा एमाले र स्वतन्त्र उम्मेदवारले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।