• ६ चैत २०८०, मङ्गलबार

ईपीएस समझदारी नवीकरण पहल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुुमति प्रणाली (ईपीएस)को द्विपक्षीय समझदारी छिट्टै टुुङ्गोमा पुुग्ने जनाएको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको ईपीएस रोजगारीसम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोेमा पु-याउन दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत पहल भइरहेको मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले कोरोनाका कारण दुुई वर्षदेखि नेपाल र दक्षिण कोरिया सरकारबीचको श्रम समझदारीको नवीकरण हुन नसकेको चर्चा गर्दै नेपाली दूतावासमार्फत पहल भइरहेको जानकारी दिनुुभयो । एक साताअघि नै सरकारले मस्यौदा पठाइसकेको उहाँले जानकारी दिनुुभयो ।

सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र त्यसपछि २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ ।

श्रम मन्त्रालयले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)मार्फत आग्रह गर्दै आएको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ ।