• ६ चैत २०८०, मङ्गलबार

ललितपुर महानगरपालिका

निवर्तमान प्रमुख चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गराएपछि चिरीबाबु महर्जन र बाबुराजा ब्रजाचार्य । तस्बिर : केशव गुरुङ

ललितपुर, वैशाख १२ गते । ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबु र ब्रजाचार्यले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । महर्जन निवर्तमान नगर प्रमुख हुनुहुन्छ । 

यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)बाट हरिकृष्ण ब्यन्जनकार र उपप्रमुखमा अन्जली शाक्यले उम्मेदवारी दिनुभएको छ ।

ललितपुर महानगरपालिकाका उपप्रमुख पदमा सात जनाको उम्मेदवारी परेको ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।



– नेकपा (माओवादी केन्द्र)बाट ललितपुर महानगरपालिकामा उपप्रमुख पदकाे लागि मनाेनयन दर्ता गराउनुभएका बाबुराजा ब्रजाचार्य