प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



    काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न उक्त भेटवार्तामा दुई नेताबीच निर्धारित समयमा संविधान जारी गर्न बोलाइने दलीय वार्ता र संवादलाई उपलब्धिमूलक बनाउने विषयमा कुराकानी भएको हो ।
    भेटपछि एमाले अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी गर्न दलहरुसँग विश्वासको वातावरण बनाउने र संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्न प्रयास गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
    उहाँले भन्नुभयो – “हामी लचिलो छौँ तर देश र जनताका लागि दूरगामी अहित हुने कुरा स्वीकार्य हुँदैन । हामीबीच उपयुक्त प्रस्ताव विपक्षीबाट आएमा स्वीकार गर्ने भन्ने सहमति भयो ।”
    अध्यक्ष ओलीले विश्वासको वातावरण बनाउन एक पक्षीय र दुई पक्षीय भेटवार्ता सुरु गर्नेे चार दलबीचको समझदारीअनुसार प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयो ।
    भेटवार्तामा सरकार सञ्चालन, विकास निर्माण, सुशासनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना