• ६ चैत २०८०, मङ्गलबार

टुङ्गाे लाग्याे अर्घाखाँचीमा गठबन्धनकाे उम्मेदवार

blog

गणेश खनाल
अर्घाखाँची, वैशाख १२ गते । गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले आफ्नो भागमा परेको पाँच स्थानीय तहमा काँग्रेसले उम्मेदवार चयन गरेको हाे।

सन्धिखर्क नगरपालिका प्रमुखमा काँग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी र शीतगंगा नगरपालिका प्रमुख छविलाल पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस–माओवादी गठबन्धनमा उपप्रमुख जितेको भूमिकास्थान नगरपालिकामा याे पटक कांग्रेसले उम्मेदवार पाएन । नगरप्रमुख राजमो र उपप्रमुख माओवादीलाई भाग परेको छ ।

त्यस्तै, छत्रदेव गाउँपालिका अध्यक्षमा चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा इन्दिरा भुसाल, पाणिनि गाउँपालिका अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतमलाई चयन गरेको छ । श्रेष्ठ र भुसाल नयाँ अनुहार हुन् । पाणिनिका दुई गौतमलाई पुनः दोहोरिएका हुन् । मालारानी गाउँपालिका उपाध्यक्षमा शोभाखर खनाललाई उम्मेदवार बनाएको छ । जसपा गठबन्धनबाट बाहिरिएको छ ।

पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिका काँग्रेस एक्लै भिड्ने भएको छ । माओवादीले सन्धिखर्क नगरपालिका उपप्रमुखमा राजेन्द्र भुसाल, शीतगंगा नगरपालिकाको उपप्रमुखमा टिका रेस्मी, भूमिकास्थान नगरपालिकाको उपप्रमुखमा बालकृष्ण बजान्डे र मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले केही वडा अध्यक्ष र सदस्यहरु पाएको छ । एमालेले केही दिन अगाडि उम्मेदवार टुङ्गाे लागिसकेको छ ।