• १६ चैत २०८०, शुक्रबार

गुल्मीमा एमालेले लगायो उम्मेद्वारको नामावली, गठबन्धनको बाँकी

blog

तिलाचन पाण्डे 

गुल्मी, वैशाख १२ गते । नेकपा (एमाले) ले  वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरुको  टुङ्गो लगाएको छ । एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेलाई  सिफारिस गरेको छ ।

यस्तै मुसिकोट नगरपालिकामा जीवन खरेल प्रमुख र उपप्रमुखमा गङ्गा श्रेष्ठलाई सिफारिस गरेको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा अध्यक्षका लागि रामजी ढकाललाई सिफारिस गरेको छ भने उपाध्यक्षको टुङ्गो लगाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकारम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहनुभएको छ । चन्द्रकोट गाउँपालिकामा अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याललाई पुनः सिफारिस गरेको छ । 

रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतम रहनुभएको छ । छत्रकोटमा अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली रहनुभएको छ । गुल्मीदरबार गाउँपालिकामा अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन , इश्मा गाउँपालिकामा अध्यक्षमा  हीरा  एसी र उपाध्यक्षमा यस अगाडिकै  विमला मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा हुनुहुन्छ भने उपाध्यक्षमा रनमाया पुन रहनुभएको छ ।  

मदाने गाउँपालिकामा अध्यक्षका लागि प्रेम केशी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडका रहनुभएको छ । धुर्कोट गाउँपालिकामा भने अहिलेसम्म कसलाई सिफारिस गर्ने भन्ने बारेमा टुङ्गो लागेको छैन । अहिले पनि धुर्कोटको बारेमा छलफल भइराखेकाले केही समयमै टुङ्गो लगाइने श्रीपालीको भनाइ छ । 

यता गठबन्धनले भने रेसुङ्गामा काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुखमा र अमृता कुँवरलाई उपप्रमुखमा पठाउने निर्णय गरेको छ । मुसिकोटमा गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत रहने भएका छन् । 

मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओबादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्यालले आइतबार नै मनोनयन दर्ता गराई सक्नुभएको छ । गठबन्धनले अझै अन्य केही स्थानीय तहको बारेमा भने टुङ्गो लगाउन बाँकी छ ।