भोटेकोशीको अवरोध हटेपछी टावर पुन: निर्माण शुरु

रुपक पुरी सिन्धुपाल्चोक, पुस १० गते । सिन्धुपाल्चोकमा गएको भिषण जुरे पहिरोले ध्वस्त बनाएको भोटेकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनका टावर पुन:निर्माण बिहीबारबाट सुरु भएको छ ।
भोटेकोशी पावर कम्पनी र चार महिनादेखी ३५ प्रतिशत शेयर माग गर्दै आएका राजनीतिक दलबीच बुधबार राती अबेरसम्म भएको बर्तामा स्थानीयबासीलाई ६ प्रतिशत शेयर दिने सहमती भएपछि आयोजनाको टावर पुननिर्माण कार्य शुरु भएको हो । गत साउन १७ गते जुरेमा गएको भिषण पहिरोले भोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाईनको सातवटा टावरमा क्षति पुगेको थियो । ४५ मेगावाट क्षमताको उक्त आयोजना केन्द्रीय लाईनमा जोड्न नपाउँदा दिनहुँ थप एक घन्टा लोडसेडिङ बढेको हो । प्रसारण लाइनका टावर मर्मत गर्न नपाउँदा आयोजनालाई पनि दैनिक करिब ८६ लाख रुपैयाँ घाटा भइरहेको कम्पनीका अध्यक्ष सिद्धार्थ शमशेर राणाले बताउनुभयो ।
भोटेकोसीले गत असोजमै टावर पुननिर्माण शुरु गरेपनि स्थानिय राजनितिक दल काँग्रेस, एमाले एमाओवादी, राप्रपा र नेकपा माओवादीले स्थानीयलाई शेयर नदिएसम्म टावर बनाउन नदिने भन्दै अवरोध गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्माणस्थलमा आवश्यक सुरक्षा दिन तयार भएको र सेयर मागेर अवरोध गरिरहेका दलहरुसमेत केही लचिलो भएपछि भोटेकोसीले बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने टावर पुननिर्माण थालेको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना