चित्लाङे चिजको लोकप्रियता तारे होटलसम्म

भेषराज बेल्बासे चित्लाङ÷मकवानपुर । पछिल्लो समय चित्लाङमा बाख्राको दुधबाट बनेको चिज ठूला तारे होटलसम्म लोकप्रियता पाउन थालेपछि यहाँको बाख्रा विकास फर्म बाख्राको दुधको उत्पादकत्व बृद्घि गर्नेतर्फ लागेको छ । चित्लाङमा बाख्राको दुधबाट बनेको चिज अहिले काठमाडौं, पोखरालगायतका शहरमा विभिन्न रेष्टुँरादेखि तारे होटलसम्म लोकप्रिय बनेको छ । यसैलाई दृष्टिगत गर्दै कृषक समूहमार्फत् बाख्राको चिज उत्पादन गराई बिक्री वितरण गराउने र त्यसको प्रचार प्रसार गराउन फार्मले अमेरिकाबाट आयात गरिएका सानन् जातका बोका तथा पाठीका माध्यमबाट स्थानीय जातका बाख्राको नश्ल सुधार थालेको छ । फर्मले निजी क्षेत्रसँगको सहकार्यमा बाख्राको स्थानीय चिज उत्पादनमा पनि सघाउने भएको छ ।IMG_20150815_093143 सरकारी स्वामित्वको नमूना फार्मका रूपमा रहेको उक्त बाख्रा विकास फार्ममा धेरै दुध दिने क्षमताका सानन् जातका पा“च बोका र आठ पाठीबाट नश्ल सुधार थालिएको फार्मका पशु विकास अधिकृत मेघराज ढकालले बताउनुभयो । सानन्का बोका, पाठी प्रतिगोटा करिब दुई लाख रूपिया“मा खरिद गरी ल्याइएको हो । स्थानीय खरी जातको बाख्रामा सानन जातको बोकाबाट क्रशब्रिडिङ गरी दुध उत्पादनमा बृद्घि गर्दै फार्म वरपर रहेका कृषकहरूलाई सानन् बाख्राको स्रोत केन्द्रको रूपमा विकास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाख्राहरूको आहारा र पोषणको लागि उन्नत घाँस तथा डाले घाँसको बीउ बेर्ना उत्पादन गरी माग भई आए बमोजिम जिल्ला पशुसेवा कार्यालय, संघ÷संस्था एवं सिधै किसानहरूलाई स्रोत बीउको माग उपलब्ध गराउने पनि अधिकृत ढकालको भनाई छ । फार्ममा हाल दुई सय ३३ बाख्रा रहेको र प्रजनन योग्य सानन्का पा“च बोका र आठ माउ रहेको बताउँदै ढकालले माउबाट एउटा पाठा र दुइ पाठी जन्मिएको बताउनुभयो । त्यस्तै सानन्का बोकाबाट स्थानीय खरी जातका बाख्रामा गर्भाधान गराई प्रजजन्योग्य चार बोका र ६२ माउ तयार गरिएको जानकारी दिंदै उहाँले माउबाट ३६ पाठा र २२ पाठी जन्मिएको बताउनुभयो । उन्नत जातको सानन् बोकाबाट गर्भाधान भएका स्थानिय खरी जातको बाख्राबाट जन्मिएका बोका र पाठीमा पनि सानन्को गुण रहेको छ । फर्मले नश्ल सुधारका लागि सानन्का सिमित बोका र पाठी ल्याई स्थानीय बाख्रामा गर्भाधान गराएपछि स्थानिय जातबाट जन्मिएका बोका र पाठीमा पनि सानन्को गुण देखिएको छ । सानन्का बाख्राले दैनिक चार लिटरभन्दा बढी दुध दिने क्षमता राख्छन् । सरकारले खाद्य संकट भएका क्षेत्रमा यस्ता दुधालू बाख्राबाट ‘क्रस बिडिङ’ गराई जन्मिएका पाठी स्थानीय किसानलाई दिने र पौष्टिकताको कमीलाई पुरा गर्ने उद्देश्य राखेको छ । यद्यपी चित्लाङ फार्मबाट हालसम्म किसानलाई सानन्का बोका÷पाठी किसानलाई नदिएको उहाँले बताउनुभयो । गत पुस महिनादेखी सानन्को बोका र पाठीलाई फार्ममा ल्याई हेरचाह गरिरहेको बताउँदै उहाँले सो अवधिमा सानन्का एक पाठा र दुई पाठी मात्रै रहेकाले साना पाठा÷पाठी किसानलाई दिन नसकिएको बताउनुभयो । कस्ता किसानलाई पाठा÷पाठी उपलब्ध गराउने भन्ने निर्णय नभइसकेकाले पनि वितरण नगरिएको उहाँको भनाई छ । त्यस्तै सानन्का बोकाबाट स्थानीय खरी जातका बाख्रामा गर्भाधान गराइ जन्मिएका बोका÷पाठी पनि किसानलाई नदिइएको फार्मका पशु विकास अधिकृत ढकालले बताउनुभयो । सुुरूमा फार्ममै पर्याप्त पाठा÷पाठी र बोका÷बाख्रा उत्पादन गर्ने र त्यसपछि मात्रै किसानलाई दिने योजना रहेको उहाँले सुनाउनुभयो । स्थानीय खरी जातका बाख्राको तुलनामा सानन्को प्रजनन्योग्य उमेर बढी रहेको हुन्छ । स्थानीय बाख्राहरू सात–आठ महिनामा प्रजनन योग्य हुन्छन् तर सानन् भने १० भन्दा बढी उमेर भएपछि मात्रै प्रजनन्योग्य हुने देखिएको छ । डेढ बर्ष पुगिसक्दा फार्ममा रहेका चार वटा सानन्मा बाली नै नलागेको फार्मले जनाएको छ । फार्मका अनुसार गर्मी मौसममा सानन् जातका बाख्रा दुब्लाउने गरेका छन् । गत पुसमा पmार्ममा सानन् बाख्रा ल्याउ“दा घा“स, दाना, पानी राम्रोस“ग खाएका थिए भने जिउ पनि राम्रो लागेको थियो । गर्मीमा भने खानेकुरा राम्रैस“ग खाएपनि दुब्लाएका छन्, पातलो दिसा गर्ने गर्ने गरेका कारण बाख्राको उपचारमा क्रियाशील रहेको उहाँले बताउनुभयो । झण्डै ३०५ रोपनीमा फैलिएको फार्ममा रहेका बाख्रालाई आहार खुवाउन ५७ रोपनीमा घा“स लगाइएको, ११५ रोपनीमा डाले घा“स लगाइएको र ११५ रोपनीमा चरन क्षेत्रका लागि छुट्याइएको छ । कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले नेपालीलाई बाख्राको दुध खुवाउनकै लागि मह“गोमा अमेरिकाबाट सानन् जातका बाख्रा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार सानन्का ३० पाठी र २० पाठा ल्याइएको थियो र चित्लाङलगायतका विभिन्न सरकारी फार्ममा वितरण गरिएको थियो । साना किसानले दुधका लागि गाई, भैंसी पाल्न नसक्ने देखेर सरकारले दुधालू सानन् बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाएको छ । अहिलेसम्म डडेलधुराका चार किसानलाई सानन् पाठी हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । साना किसानले दुधका लागि गाई किनेर पाल्न नसक्ने भएकाले बाख्रा पाल्न गा¥हो नभएकाले साना किसानलाई दुध खुवाउनकै लागि अमेरिकाबाट पाठापाठी ल्याइएको मन्त्रालयको भनाई छ । धेरै दुध दिने ती बाख्राको दुध पोषणयुक्त खानेकुरा कम भएका गाविसका बालबच्चा, गर्भवती महिला वा सामान्य महिलालाई उपभोगका लागि उपलब्ध गराउने उद्देश्यले आयात गरिएको मन्त्रालयको भनाई छ । बाख्राको दुध धेरै पोसिलो हुने भएकाले भर्खरै जन्मिएको बच्चा र आमालाई खुवाउ“दा धेरै राम्रो हुने पाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना