• ६ चैत २०८०, मङ्गलबार

सेवा सुधार गर्न होटल व्यवसायीलाई तालिम

blog

सेवा सुधारको लागि दिइएको तालिममा सहभागि होटेल व्यवसायीहरु । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु , बैशाख १० गते । लुम्बिनी प्रदेशका होटेलको सेवा सुधार गर्ने लक्ष्यले यहाँका होटल व्यवसायीलाई व्यवस्थान सम्बन्धी तालिम प्रदान गरेको छ । नेपाल पर्यटन वोर्डको आर्थिक सहयोग र होटेल व्यवसायी महासंघ लुम्विनी प्रदेशले नौ जिल्लाका ४० जना बढी व्यवसायीलाई तालिम दिएको हो । 

कोरोनाले अस्तव्यस्त परेको होटेल व्यवसायीलाई ग्राहकसँगको सम्बन्ध सुमधुर र मित्रवत व्यवहार प्रदान गरी स्थानीय पर्यटनको विस्तारको लागि तालिम प्रदान गरिएको होटेल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले जानकारी दिनुभयो । होटेल व्यवसायीले देशको पर्यटन विकासमा ठुलो टेवा पुर्याएको बताउँदै नेपाल घुम्न आउने पर्यटक न्यून हुँदा व्यवसायी मारमा परेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख मुक्तीप्रसाद पाण्डेले बताउनुभयो ।