त्रिभुवन विश्वविद्यालय र सञ्चयकोषबीच सम्झौता

काठमाडौँ, 29 साउन । त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा डा चन्द्रमणि पौडेल र कोषका प्रशासक कृष्णप्रसाद आचार्यबीच आज विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी शिक्षक तथा कर्मचारीको सञ्चय कोष रकम कोषले कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार कोषकट्टी गरिने सम्झौता भएको हो । चालु आर्थिक वर्षदेखि विश्वविद्यालयले कोषमा नियमित रकम सञ्चय कोष कट्टी गर्नेछ । समझदारीबाट दुवै पक्षको साख वृद्धि हुने अपेक्षा गरिएको रजिस्ट्रर प्रा डा पौडेलले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना