आफनो हात जगन्नाथ , दाइ प्रम र भाइ सेनापति !

pree

प्रिचा 

बैंकक, साउन २७ गते। थाई सैनिक सरकारका प्रमुख प्रयुत चान ओचाले आफ्ना भाइलाई नै सेना प्रमुखका रुपमा घोषणा गर्ने तयारी गर्नुभएको बताइएको छ । उहाँले सो सम्बन्धी सङ्केत बुधबार दिनुभएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँ हाल थाइल्याण्डको प्रधानमन्त्री पनि हुनुहुन्छ । गएको मे महिनामा उहाँले प्रधान सेनापतिका रुपमा शक्ति हत्याउनुभएको थियो । त्यसपछि सत्तामा आएपछि उहाँ नै सैनिक प्रमुख पनि हुनुहुन्छ । उहाँका भाइ प्रिचा चान ओचा हाल थाई सैनिक सेवाको जर्नेल पदमा हुनुहुन्छ । उहाँलाई नै सेना प्रमुखका रुपमा नियुक्त गर्ने बारेमा हाल सैनिक प्रमुख एवम् प्रधानमन्त्री रहनुभएका प्रयुतले सो जानकारी दिनुभएको हो । पटक पटक सैनिक सेनाले सत्ता हत्याउने गरेको थाइल्याण्डमा यसपटक पनि सैनिक प्रमुख रहेका प्रयुत सत्तामा हुनुहुन्छ ।

0000

थाइ प्रम 

हाल थाइल्याण्डमा राजनीतिक क्रियाकलापहरु प्रतिबन्धित छन् भने प्रजातान्त्रिक दलहरुलाई आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्न दिइएको छैन । रासस÷एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना