• ६ चैत २०८०, मङ्गलबार

आकाङ्क्षी धेरै हुँदा मतदानबाट उम्मेदवार सिफारिस

blog

सिन्धुपाल्चोक, वैशाख ८ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्थानीय तहमा उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि मतदानबाट उम्मेदवार चयन गरी सिफारिस गरिएको छ । सुनकोशी गाउँपालिकामा नेपाली काँगे्रसबाट  अध्यक्षको आकाङ्क्षी आधा दर्जन पुगेपछि मतदानबाट अध्यक्षका उम्मेदवार चयन गरी माथिल्लो तहमा सिफारिस गरिएको छ । 

मतदानबाट सुनकोशी गाउँपालिका सभापति रुपकाजी लामाले २७ मत ल्याई पहिलो नम्बरमा पर्नुभएको छ भने वडा नम्बरका १ का बर्तमान वडाअध्यक्ष नेत्र कार्कीले १७ मत पाउनुभएको छ । अध्यक्षमा सात जना आकाङ्क्षी थिए । त्यस्तै उपाध्यक्षमा कान्छीमाया लामाले २० मत, ज्ञानु तिमल्सिनाले १९ मत र अम्बिका तिमल्सिनाले १५ मत प्राप्त गर्नुभएको छ । 

अध्यक्षमा बढी मत ल्याउनुहुनेको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरिएको जनाएको छ । निर्वाचनमा अन्य दल भने सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्ने प्रयासमा छन् ।