अझै बाँकी छ नागासाकीको विभिषिका घाउहरु

 

काठमाडौं । bombअगस्त ९, १९४५ अर्थात् आजभन्दा ठीक ७० वर्ष अघि अमेरिकाले जापानमाथि तीन दिनको बीचमा दोस्रो अणु बम फ्याट म्यान खसाल्यो । ८६ वर्षीय सुमितेरी तानिगुची त्यतिबेला १६ वर्षे तन्नेरी थिए ।
अमेरिकाले अणु बम खसाल्दा तानिगुची सडकमा साइकलमा गुडिरहेका थिए , बमको झट्काले उनी साइकलबाट पर फ्याँलिए र उनको तन्नेरी शरीर झण्डै झण्डै पूरै च्यातिएको बराबर थियो । उनको पिठ्यु, काँध तथा पाखुराबाट छाला र मासु झुण्डिरहेका थिए र यही अवस्थामा तानिगुची तीन दिनसम्म यताउती भौंतारिरहे । उनी अहिलेसम्म पनि आफ्ना पाखुराहरु पूरै फैल्याउन सक्दैनन् । यतिमात्र होईन उनका तीन वटा करङहरु नै थिएनन् जसको पत्तोसम्म उनलाई भएन , हिजोआज पनि उनकी श्रीमतीले ती खाली ठाउँमा मलहम लगाउने गर्दछिन् ।
घटनाको दिन सम्झदै तानिगुची भन्छन् – भर्खर दिउँसको दुई बजेर दुई मिनेट गएको थियो , हुलाकीका रुपमा चिठीपत्र घरघरमा पु–याउन जाँदै थिए । अति ठूलो आवाजसहितको विष्फोटले मलाई चढेको साइकलबाट हुत्याइ दियो । bomb1bomb2
बमविष्फोट गरिएको मुख्य स्थलबाट उनी मात्र एक माइल टाढा थिए , यस विष्फोटबाट नागासाकीले ७० हजारभन्दा बढी मानिसलाई गुमाउनु प–यो । तीन दिन अघि हिरोसिमामा भएको यस्तै बमविष्फोटमा झण्डै डेढ लाख मानिसको ज्यान लिइसकेको थियो । उनलाई आफ्नो घाउबारे केही थाहै थिएन र तीन दिनसम्म भौंतारिरहेका थिए । उनलाई पिठ्युँ, पाखुरातिर केही कपडा झुण्डिरहेको जस्तो मात्र लाग्दथ्यो ।
उद्धार गरिएपछि तानिगुचीले २१ महिनासम्म पेटको बलमा सुतेर पूरै जलेको पिठ्यँको उपचार गराए , यस अवधि प्रायः सधै उनी अर्ध चेतनामा मात्र हुन्थे । यो दोस्रो आक्रमणपछि अमेरिकीहरुले विमानद्धारा जापानभरि ३० लाखभन्दा बढी पर्चा छरे जसमा जापानले युद्ध अन्त्य नगरेसम्म ‘फेरि फेरि ’ यस्तै आक्रमण गर्ने धम्की दिइएको थियो । छ दिनपछि जापानले आत्मसमर्पण गरेको थियो ।
नागासाकी बम पीडितहरुको संस्थाको नेतृत्व गर्ने तानिगुचीको भनाई छ – ‘ यस्ता विभिषिकाहरुको अन्त्य हुनै पर्दछ । कसैले यस्तो पीडा भोग्नु नपरोस् । ’ boउनको संस्थाले आणविक हतियारको विस्तारविरुद्ध आवाज उठाउँदै आएको छ । डेली मेल

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना