मुदीका पहिरोपीडितलाई आर्थिक सहयोग

म्याग्दी, साउन २३ गते । म्याग्दीको मुदी गाविसको गौखर्कमा भीषण वर्षापछि गत साउन १३ गते आएको पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई आर्थिक सहयोग गरिएको छ । पहिरोमा परी ज्यान गुमाएका मुदीका दलदेवी पुन र तीर्थमान घर्तीका परिवार तथा पहिरोमा परी बेपत्ता भएका जितबहादुर घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनका परिवारलाई स्थानीय विद्यालयमा गठित जुनियर रेडक्रस सर्कस ९जुरेस०ले आर्थिक सहयोग गरेको हो ।

मुदीमा रहेको बुद्धि विकास माध्यमिक विद्यालयमा रहेको जुरेसले मृतक र बेपत्ता भएका ६ जनाको आफन्तलाई जनही रु तीन हजार १०० का दरले रु १८ हजार ६०० राहत वितरण गरेको शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।

यसैबीच चन्द्रज्योति मावि मुदी खिवाङमा रहेको जुरेसले समेत पहिरोमा परी ज्यान गुमाएकाको घरपरिवारलाई जनही रु तीन हजार ५५ का दरले राहत वितरण गरेको जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना