• ६ चैत २०८०, मङ्गलबार

काँग्रेसबाट बुटवलको प्रमुखमा खेलराज

blog

छविलाल पाण्डे
बुटवल, वैशाख ६ गते ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

पाण्डेको नाम जिल्ला र प्रदेश समितिले पारित गरेमा उहाँ काँग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुहुनेछ ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि पाण्डे प्रमुखको उम्मेदवार हुनुभएको थियो तर उहाँ नेकपा एमालेका शिवराज सुवेदीसँग दुई हजार चारसय मतान्तरले पराजित हुनुभएको थियो ।

काँग्रेसबाट बुटवलमा लोकप्रिय छवि वनाउनु भएका पाण्डेको नाममा सर्वसम्मत सहमति बनेको हो । उहाँसँगै प्रमुखको दाबी गर्ने उम्मेदवारमा काँग्रेसबाट हरि लम्साल, महेशमान सिंह, अर्जुनमान सैजुलगायत हुनुहुन्थ्यो ।

त्यसैगरी, काँग्रेस बुटवल उपमहानगर समितिको बैठकले नगर प्रमुखमा पाण्डे र उपप्रमुखमा आठजनाको नाम सिफारिस गरेको छ ।

उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता सेन, रीता केसी, गङ्गा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको काँग्रेस बुटवल समितिले जनाएको छ ।