• ६ चैत २०८०, मङ्गलबार

२४ घण्टामा नौ जना सङ्क्रमित थपिए, ३४ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख ५ गते । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५५ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १९ हजार ५२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।