गणितीय दम्भ देखाउनेलाई प्रतिकार गर्न प्रचण्डको निर्देशन

Prachanda 11
काठमाडौ, पुस ८ गते । एकीकृत (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणितीय दम्भ देखाएर काँग्रेस–एमालेले मुलुकलाई जबर्जस्ती द्वन्द्वमा धकेल्न खोजेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको काठमाडौं उपत्यकाभित्रका क्याम्पस इकाई अध्यक्षसँग आफ्नै निवास लाजिम्पाटमा मङ्गलबार उहाँले प्रतिकारमा उत्रने चेतावनी दिनुभएको हो । काँग्रेस–एमालेले गणतीय हिसाबमा संविधान जारी गर्न खोजेको आरोप लगाउँदै उहाँले सहमतिको सम्भावना साँघुरो हुँदै दाबी गर्नुभयो ।
‘‘काँग्रेस–एमालेले गणितका आधारमा परिवर्तनविरोधी संविधान लाद्न खोज्दैछन्,’’ प्रचण्डको भनाइ उद्धृत गर्दै क्रान्तिकारीका नेता दिपेश पुनले भन्नुभयो, ‘‘परिवर्तनविरोधी बढी नै सल्बलाए भने प्रतिकारमा उत्रनुस् ।’’
पुनका अनुसार प्रचण्डले पछिल्लो ९ वर्षयता मुलुक आफूहरुको एजेण्डामा चले पनि संविधानसभामा आकार केही खुम्चिएपछि काँग्रेस–एमालेले हेपेको बताउनुभएको थियो । उहाँले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीजस्ता एजेण्डा आफूहरुको भएको र काँग्रेस–एमालेले त्यसको संस्थागत विकास गर्न नचाहेको आरोप लगाउनु भयो ।
‘‘जसको एजेण्डामा देश चलिरहेको छ, गणितको दम्भ देखाएर आज उसैलाई हेप्ने र अपमानित गर्ने काम भइरहेको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै पुनले भन्नुभयो, ‘‘माओवादीहरु लड्ने जात हो, अपमान सहने जात होइन ।’’ प्रचण्डले दबाबबिना काँग्रेस–एमाले सहमतिमा संविधान बनाउन तयार नहुने भएपछि २५ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको बताउनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना