हलिउड कलाकारभन्दा बलिउड कलाकारको कमाई बढी !

amitabh-salman-akshay
काठमाडौं । फोब्र्स पत्रिकाले जारी गरेको एक लिष्ट अनुसार कतिपय बलिउड कलाकारहरु हलिउडका गनिएका सम्पन्न कलाकारहरुभन्दा धनी छन् । यस लिष्टमा समावेश संसारकै १० धनी कलाकारमध्ये तीन जना बलिउडका छन् । फोब्र्सको इतिहासमै बलिउड कलाकारका नाम यसरी शीर्ष १० मा आएको पहिलो पटक हो ।
लिष्टका अनुसार सम्पन्नताको दृष्टिकोणबाट संसारकै धनी कलाकारको पंक्तिमा सातौं नम्बरमा सलमान खान र अमिताभ बच्चन छन् । पत्रिकाले यी दुबै कलाकारसँग रु.साढे तीन अर्ब बराबरको सम्पत्ति रहेको सार्वजनिक गरेको छ । यसपछि आठौं स्थानमा रु.तीन अर्ब ३१ करोडको सम्पत्तिसहित अक्षय कुमार रहेका छन् ।
लिष्टमा बलिउडका बादशाह मानिने शाहरुख खान भने यी कलाकारको दाँजोमा केही तल छन् । शाहरुखलाई रु.दुई अर्ब ६४ करोडको सम्पत्तिसहित १९ औं स्थानमा राखिएको छ । शाहरुखपछि ३२ औं नम्बरमा रणबीर कपूरको नाम छ जोसँग रु.डेढ अर्बभन्दा बढीको सम्पत्ति छ ।
यस लिष्टलाई आधार मान्ने हो भने सलमान, अमिताभ र अक्षय हलिउड चर्चित कलाकारहरु जोनी डिप, लियोनार्डो डिक्याप्रियोकै बराबरीमा छन् । सम्पन्नताकै कुरा गर्ने हो भने यो लिष्टले शाहरुखलाई ब्राड पिट, विल स्मिथ, बेन फ्लेक जस्ता कलाकारभन्दा माथि देखाएको छ ।
लिष्टमा आइरन म्यानका हिरो रावर्ट डाउनी रु. आठ अर्बको सम्पत्तिसहित पहिलो स्थानमा छन् । यस्तै एसियाली कलाकार जैकी चान रु. पाँच अर्बभन्दा बढीको सम्पत्तिसहित दोस्रो स्थानमा छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना