माघ ८ गते भित्रै संविधान जारी हुन्छ - थापा

Kamal Thapa
धीरेन्द्र प्रसाद साह
राजविराज पुस ८ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभालाई संविधानसभा थलोको रुपमा प्रयोग गरिएमा आगामि माघ ८ गते भित्रै संविधान जारी हुन सक्ने सम्भावना रहेको बताउनु भयो ।
मेची महाकाली श्रीपशुपति नाथ रथयात्राका लागी पूर्वको झापा जाने क्रममा मंगलवार सप्तरीको विरेन्द्र बजारमा पत्रकारहरुसंगको भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले माघ ८ गते भित्रै संविधान जारी हुने कुरा अर्झै टरिसकेको छैन भन्दै यसको लागी संविधानसभालाई संविधानसभा थलोको रुपमा प्रयोग गराउनु पर्नेमा जोड दिनु भयो ।
संविधानसभालाई सिमित राजनितिक दलहरुले पदलोलुपताका कारण बन्धक बनाएको आरोप लगाउदै अध्यक्ष थापाले भन्नुभयो –अहिले सम्म संविधान सभालाई संविधानसभा थलोको रुपमा प्रयोग भएको छैन । थापाले एक प्रशंगको जवाफमा मुख्य दलका केही सिमित नेताहरु संविधान निर्माणको विधि र प्रक्रियालाई गलत व्याख्या गरेर जनतामा भ्रम फैलाउने काम भएको बताउनु हुदै उहाँले संविधान निर्माणका सहमति,जनमत र बहुमत गरि तीन विधि र प्रक्रिया रहेको स्पष्ट पार्नु भयो । तर नेपाली काग्रेस एमाले र एमाओवादी सहमति र जनमतको विधि र प्रक्रियामा जान किन डराईरहेको छ प्रश्न गनुभयोे ।उहाँले राष्टि पहिचानका लागि स्थानिय स्वायत शासन प्रणाली उत्तम रहेको भन्दै संधिताको मोडेलमा गए कसैको पहिचान नहुने धारणा राखनु भयो जातिय लिंगिय र बर्गिय विभेदबाट उनमुक्ति संधियताले नदिनेहुदा यसको लागि स्थानिय स्वायत शासन प्रणली उत्तम हुने बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना