• ६ चैत २०८०, मङ्गलबार

तोकिएकै समयमा स्थानीय तह निर्वाचन अपरिहार्य : अध्यक्ष ओली

blog

राजन रावत

हुुम्ला, वैशाख ४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अपरिहार्य भएको बताउनुुभएको छ । स्थानीय तह निर्वाचनका लागि चुनाबी सभामा आज यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।  

देश निर्वाचनमय भएको बताउनुहुँदै अध्यक्ष ओलीले निर्वाचन अब कसैले रोक्न र छेक्न नसक्ने दावी गर्नुभयो ।  कुनै पक्ष निर्वाचन रोक्नेतर्फ लागेमा दुर्घटना हुने उहाँले बताउनुभयो । मानसरोवर बहुुमुखी क्याम्पसमा सञ्चालन भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देश नै चुनावी माहोलमा होमिएको बताउनुुभयो । स्थानीय निर्बाचनबाट जनताका नजिकका जनप्रतिनिधिहरु छानिने भएकाले सबैको चासो रहेको बताउनुभयो ।

आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र स्वच्छ बाताबरणमा जनप्रतिनिधि छनौट गर्ने नेपाली जनतामा जिम्मेवारी आएको उहाँको भनाई छ । जो जता मिलेर गठबन्धन गरेर निर्वाचनमा गएपनि एमालेलाई फरक नपर्ने उहाँले जिकिर गर्नुभयो । एमालेको पक्षमा जनलहर आएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले निर्बाचनपछि पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो । 

आबधिक निर्वाचन स्वभाबिक भएको बताउँदै त्यसबिरुद्ध कोही पनि जान नहुने उहाँले बताउनुुभयो । हाल देशमा सत्ता गठबन्धन दलहरु एकातिर र अर्कोतिर एमाले भएका कारण निर्वाचनमा दुुई पक्षीय संघर्ष हुने उहाँले चर्चा गर्नुभयो । हालसम्म सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट जतिसक्दो चाँडो जोड्नेतर्फ लाग्नुुपर्ने बताउनुुभयो । अहिले कर्णालीमा जति पनि समस्या देखिएका छन् ती सबै सडक यातायात नजोडिएका कारण भएका उहाँले बताउनुभयो । 

एमाले उपाध्यक्ष बिष्णु पौडेलले निर्वाचन परीक्षणको घडी भएकाले जनताले सही र देशको समृद्धिका लागि काम गर्ने दललाई बहुमत दिनुपर्ने बताउनुभयो । पछि पछुताउनुभन्दा अहिले योग्य र काम गर्न सक्ने जनप्रतिनिधि छनौटमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

यसअघि सिमकोट बिमानस्थलबाट बजागाजासहित एमालेले र्याली निकालेको थियो । अध्यक्ष ओलीले आईतबार दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा भएको सभामा पनि सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओली श्रीमति राधिका शाक्यसहित केही नेताहरुलाई लिएर हुम्लाको चुनावी सभामा पुग्नुभएको हो ।