• ६ चैत २०८०, मङ्गलबार

भीमटारका घरघरमा धारा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख ३ गते ।  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१२ भीमटारस्थित माझी र दनुवार बस्तीको घर–घरमा खानेपानीको पहुँच पुगेको छ । २०७२ को भूकम्पले पानीको मुहान सुकाएपछि माझी र दनुवार बस्तीले खानेपानीको समस्या झेल्दै आएको थियो ।

इन्द्रावती गाउँपालिका कार्यालय र स्थानीयको जनश्रमदानमा १९५ परिवारमा धारा जडान गरी खानेपानी वितरण गरिएको वडा नं. १२ का वडाध्यक्ष कमलरत्न दनुवारले जानकारी दिनुभयो ।  करिब ३९ लाख रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो ।

बस्तीमा खानेपानीको व्यवस्थासँगै सिँचाइ सुविधा पुगेपछि स्थानीय बासिन्दालाई सहज भएको स्थानीय अनिल दनुवारले बताउनुभयो ।