• ६ चैत २०८०, मङ्गलबार

हेविवेटमा नुवाकोटे टाइगर च्याम्पियन

blog

काठमाडौँ, वैशाख १ गते । दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । नुवाकोटको गुप्तेश्वरमा बिहीबार भएको डेविवेट भिडन्तमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बन्नुभएको हो । डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुनुहुन्छ । जितसँगै नुवाकोटे टाइगरले ८५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यसैगरी त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बन्नुभएको छ । उहाँले ४५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फको उपाधि टनुले जित्नुभयो । आकृतिलाई हराउनुभएकी उहाँले ४० हजार रुपियाँ पाउनुभयो । ट््याक टिम म्याचमा सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराउनुभयो । 

स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि पूर्व मन्त्री डा.प्रकाशरण महतले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।