• ७ वैशाख २०८१, शुक्रबार

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

blog

काठमाडौं, चैत २९ गते । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ ।

चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।

उहाँ ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् । स्क्यारिसले यसअघि सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको आरोहण गरिसक्नुभएकाे थियाे।

आरोहण गरी फर्कने क्रममा अस्वस्थ भएपछि उहाँको गाइडलगायतका शेर्पाहरुले तेस्रो क्याम्पसम्म ल्याए पनि बचाउन नसकिएको गाइड दावा शेर्पालाई उदृत गर्दे मिङमा शेर्पाले जानकारी दिनुभयो ।

मृतकको शव आधार शिविर ल्याउन परिवारसँग समन्वय भइरहेको छ।