• ६ चैत २०८०, मङ्गलबार

न्युज २४ लाई मिडिया कप फुटसल उपाधि

blog

काठमाडौँ, चैत २९ गते । पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसल उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको नेसनल स्पोर्ट्स सेन्टर च्यासलमा मङ्गलबार भएको फाइनल खेलमा न्युज २४ टेलिभिजनले नेपाल पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२ गोलले हरायो ।

यसअघि भएको सेमिफाइनल खेलमा न्युज २४ ले पत्रकार महासङ्घ कास्की शाखालाई ७–२ गोलले हराएर फाइनलमा स्थान बनाएको थियोे । उपाधिसँगै न्युज २४ ले २५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता ललितपुर शाखाले १५ हजार रुपियाँ प्राप्त गर्यो ।

नेपाल पत्रकार महासङ्घ (एफएनजे)ले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा महासङ्घ अन्तर्गत विभिन्न जिल्ला र प्रतिष्ठान लगायतका १६ टोलीको सहभागिता रहेको थियो । दुई दिने प्रतियोगितामा सहभागी टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।