• १३ वैशाख २०८१, बिहिबार

'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' सम्पन्न

blog

काठमाडौं, चैत्र २९ गते । 'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, फिल्म निर्माता तथा निर्देशक दयाराम दाहाल र गायिका देविका बन्दनालाई रजत जयन्ती सम्मान प्रदान गरिएको हो । 

पर्यटन तथा संस्कृती मन्त्री प्रेम आले प्रमुख अतिथी रहनुभएको अवार्ड समारोहमा सिमित फिल्मीकर्मीको मात्र उपस्थिती थियो । अवार्ड समारोहमा विभिन्न चलचित्र, चलचित्रकर्मीलाई सम्मानित र अवार्ड प्रदान गरियो ।

यसैगरी, कोरोना महामारीको समयमा पनि निर्माण भई प्रदर्शन भएका डेढ दर्जन फिल्मलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । फिल्म 'चुरीफुरी' र 'कठपुतली'लाई प्रोत्साहन सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । फिल्म वितरक कम्पनी एफडी कम्पनीका सुशील पोखरेल, हल व्यवसायी नरेन्द्र महर्जन, बस्नेत फिल्म स्टुडियोलाई पनि सम्मानपत्र प्रदान गरियो । 

यस्तै, यो वर्षको उत्कृष्ट फिल्ममा ‘म यस्तो गीत गाउँछु २’, उत्कृष्ट निर्देशकमा सुदर्शन थापा, उत्कृष्ट नायिकामा पूजा शर्मा, उत्कृष्ट नायकमा पल शाह सम्मानित हुनुभएको हो ।