logo
२०८१ बैशाख ७ शुक्रवार



काठमाडाैं जाेडने तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

राष्ट्रिय |


काठमाडाैं जाेडने तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै
सांकेतिक तस्बिर


मकवानपुर, पुस २८ गते । बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उहाँले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताउनुभयो ।

उहाँले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिनुभयो । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिनुभयो ।

उहाँले पूर्वाधार मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिका लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण २२ इन्जिनीयरलाई स्वागत गर्नुभयो । मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गर्नुभएको थियो । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?