logo
२०८१ बैशाख ११ मंगलवार



याे वर्षकाे मनसुनी विपदमा ३०७ को मृत्यु,२१४ घाइते, एकसय बेपत्ता

राष्ट्रिय |


याे वर्षकाे मनसुनी विपदमा ३०७ को मृत्यु,२१४ घाइते, एकसय बेपत्ता


देवबहादुर कुँवर
काठमाडौँ, असोज ६ गते । मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लाको गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन पोर्टलका अनुसार, २०७७ जेठ ३० गतेदेखि असोज ५ गतेसम्मको अवधिमा यतिको मानवीय क्षति भएको हो । ती जिल्लाहरूमा बाढीपहिरो र डुबानका ५२८ वटा घटना भएका छन् ।

बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि एकसय जना बेपत्ता छन् । २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, एकहजार १७८ घरपरिवार प्रभावित हुनका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । १०५ गोठ भत्किँदा ६१५ चौपायाको मृत्यु भएको छ ।
विपद व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपदबाट करिब आठ करोड ८३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

उहाँका अनुसार, सिन्धुपाल्चोकमा बाढीपहिरोमात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ जनाको ज्यान गएको छ । ३८ जना बेपत्ताको अवस्थामा छन् । १३१ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै, कालिकोट ३९, बाग्लुङ्ग ३३, म्याग्दीमा २९, पर्वतमा १०, तनहुँ १३, कास्की ११, जाजरकोट ११, गुल्मी १०, बझाङ नौ, अछाम नौ, दार्चुला सात, लमजुङ चार, धादिङ पाँच, स्याङजा पाँच, पाल्पा पाँच, रुकुम पश्चिम पाँच, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईजनाको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर,सल्यान र मुस्ताङ एक–एकजनाको मृत्यु भएको छ ।

मनसुन अझैँ सक्रिय रहेकाले बाढी र पहिरोबाट हुन सक्ने जोखिम अmभैँ टरिनसकेको राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?