logo
२०८१ बैशाख ११ मंगलवार



सप्तरी प्रहरीले जमातमा सहभागीलाई क्वारेन्टाइनमा पठाउँदै

राष्ट्रिय |
प्रदेश |


सप्तरी प्रहरीले जमातमा सहभागीलाई क्वारेन्टाइनमा पठाउँदै



देवरामप्रसाद यादव
सप्तरी, चैत २० गते । भारतको दिल्ली निजामुदिनमा तबलिगी जमात मर्कजमा सहभागी भएर लुकिछिपी प्रवेश गरेका सप्तरीका ४ दर्जन बढीलाई बिहीबार सम्म नियन्त्रणमा लिई क्वारेन्टाईन पठाइएको छ ।

जमातमा सहभागी भई सीमाको चोर बाटो हुँदै सप्तरी आएका मध्ये बुधबार ४१ जना र बिहीबार १७ जना गरी ५८ जनालाई खोजतलासका क्रममा घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाईनमा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा कंचनरुप नगरपालिकाका २३ तिलाठी कोइलाडी गा.पा.का १२ राजविराज नगरपालिकाका ९ हनुमाननगर कंकालिनी न.पा.का ४ डाक्नेश्वरी नगरपालिकाका ४ बोदेबर्साइन नगरपालिका ६ र विष्णुपुर गाउँपालिकाका २ जना छन् ।

उनीहरुलाई जिल्लास्थित विभिन्न क्वारेन्टाईनमा तथा केहिलाई होम क्वारेन्टाईनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

दिल्लीको निजामुदिन कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भईसकेको तथा धेरैमा कोरोना रोगको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास तीब्र पारिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?