logo
२०८१ बैशाख ११ मंगलवार



एम्बुलेन्सको दुरुपयोग, यात्रु बोक्दै गरेको अवस्थामा नियन्त्रणमा

खुला |
समाज |


एम्बुलेन्सको दुरुपयोग, यात्रु बोक्दै गरेको अवस्थामा नियन्त्रणमा



शिवराज ढुंगाना
अछाम, चैत १५ गते । विरामी भन्दै १० जना यात्रु बोकेको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको एम्बुलेन्सलाई अछाम प्रहरीले शनिबार नियन्त्रणमा लिएर धनगढी फिर्ता गरिदिएको छ ।

धनगढीबाट बाजुरा गइरहेको से १ त ५२४ नम्बरको एम्बुलेन्सलाई छ जना पुरुष, दुई जना महिला र दुई जना रहेको चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ ।
तीनजना विरामी र अन्य कुरुवा भनिएको उक्त एम्बुलेन्स चेकजाँचको क्रममा विरामी नै नभेटिएपछि नियन्त्रणमा लिएर फिर्ता गरिएको चौखुट्टे प्रहरी चौकी इन्चार्ज मदनसिंह धामीले जानकारी दिनुभयो ।

एम्बुलेन्समा अछामको चौरपाटी ठेगाना भएका व्यक्तिले बाजुरा बुढीगंगा घर भएको भन्दै झुटो विवरण दिएको प्रहरीले जानकारी दिएको छ । बाजुराबाट धनगढी जाने क्रममा चार जना एम्बुलेन्समा रहेकोले सम्झाएर पठाए पनि अटेर गरेको बताइएको छ ।

लक डाउनको अवस्थामा विरामीको बहानामा एम्बुलेन्समा आएका व्यक्तिलाई कानुन अनुसार कार्वाही गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेकोमा गैरकानुनी भएमा कार्वाही हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?