logo
२०८० चैत्र १६ शुक्रवार



कतार एयरवेजको क्यु आर ६५२ मा आएका स्याङ्जाका ६ जना सबै क्वारेन्टाइनमा

राष्ट्रिय |
फिचर |


कतार एयरवेजको क्यु आर ६५२ मा आएका स्याङ्जाका ६ जना सबै क्वारेन्टाइनमा



अर्जुन काफ्ले
स्याङ्जा, चैत्र १३ गते । चैत्र ४ गते कतार एयरवेजको क्यु आर ६५२ मा फ्रान्सबाट आएकी कोरोनो संक्रमित युवतीसँगै आएका स्याङ्जाका छजनालाई नै क्वारेन्टाइनमा राखिएको छ ।

छजना मध्ये एकजना फेदिखोला, एकजना पुतलीबजारमा पालिकाले निर्माण गरेको ठाउँमा क्वारेन्टाईमा बसेका हुन् भने एकजना रुपन्देही र तीनजना पोखरामा होम क्वारेन्टाईनमा बसेको प्रहरी उपरीक्षक विमलराज कर्णेलले जानकारी दिनुभयो ।

एक दिनको ठूलो प्रयासले सबैलाई फेला पारेको बताउँदै कर्णेलले विदेशबाट आएर गाउँगाउँमा बसेका सबैलाई क्वारेनटाइनमा बसाल्ने प्रयास भैरहेको बताउनुभयो ।

स्वाब परीक्षणको लागि नमूना

कतार एयरवेजमा आएका एक जनाको स्वाब परीक्षणको नमूना लिइएको छ । चैत्र ४ गते कतार एयरवेजमा आएका युवा र उहाँको जहानको जिल्ला स्वास्थ्य कार्यालयले नमूना लिएको हो ।

कतार एयरवेजबाट आएका युवाको उहाँको जहानको ज्वरो आएपछि दुबैजनाको नमूना लिइएको जिल्ला स्वास्थ्यका प्रमुख यमप्रसाद शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?