logo
२०८० चैत्र १५ बिहीवार



‘अमेरिकी निजी क्षेत्रमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ’

राष्ट्रिय |


‘अमेरिकी निजी क्षेत्रमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ’


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु ८ गते । अर्थमन्त्री डा. युवराज खतिवडासँग अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले विहीबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउँदै नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु भएको थियो ।
भेटमा नेपषलका छिमेकी देश विश्वका धेरै जनसंख्या भएका मुलुकहरू भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको बताउनु हुदै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताउनु भएको थियो । भेटमा अर्थमन्त्री खतिवडाले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकाका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिनुभएको थियो
भेटमा अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्नु हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गर्नु भएको थियो
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको धारणा राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?