logo
२०८० चैत्र १६ शुक्रवार



बच्चा देखि बृद्धबद्धा सम्म क्वारेन्टाइनमा, कसैलाई छैन गुनासो

फिचर |


बच्चा देखि बृद्धबद्धा सम्म क्वारेन्टाइनमा, कसैलाई छैन गुनासो


अर्जुन काफ्ले 
स्याङ्जा, चैत्र २० गते । बिरुवा गाउँपालिका १ को काकीडाडाँ गाउनै चार दिन देखि कोरोना भाइरसका कारण यतिबेला क्वारेन्टाइनमा रहेको छ । यहाँका २८ घरका सत्तरी बर्ष कटेका ११ जना बृद्धबृद्धा, ५१ जना बालबालिका तथा अन्य ८१ नागरिक आ–आफ्नो घरमा बसेर दिन काटिरहेका छन् ।  कोभिड १९ का कारण क्वारेन्टाइनमा बसेका बृद्ध देखी बच्चा सम्म कसैलाई पनि कुनै गुनासो नभएको बताउछन् ।

कार्की डाडाँकी ७० बर्षिय कुलमायाँ केसीले क्वारेन्टाइनमा बस्दा आफुलाई कुनै गुनसो नभएको बताउनुभयो । पालिकाकाले पहलमा आफ्नो जिवनको रक्षा गर्न खोजेको बताउदै केसीले गाउँपालिका र वडाको प्रयास गाउँको सुरक्षा रहेको बताउनुभयो ।  रोग आउन भन्दा पहिला सर्तकता हुनु पर्ने भएकाले ठिकै भएको र दुई हप्ता क्वारेन्टाइनमा बस्न कुनै समस्या नरहेको केसीको भनाई थियो ।  केसी जस्जै ७२ बर्षिय मोहन बहादुर खत्रीले दिन दिनै बाहिर हिड्नै बानिले अलि असहज भएपनि क्वारेन्टाइन हाम्रै लागि भएको बताउनुभयो । उहाँले कोरोना भाइरस संक्रमित सबै गाउँमा यस्तै प्रयास गरेमा देशमै समस्या सामाधन भई कोरोना भाइरस मुक्त देश बन्ने बताउनुभयो ।

यस्तै आम डाडाँ आधारभुत बिद्यालय कक्षा ७ मा अध्यनरत १३ बर्षि बिपिना खत्रीले लकडाउन र क्वारेन्टाइनको प्रशंसा गर्दै गाउँपालिको प्रयासले कोरोना गाउँमा आउन नदिन सचेत बनाएको बताउनुभयो । कोरोना भाइरस सर्न नदिन क्वारेन्टाइनका राखिएका आफुहरुलाई थाहा भएको बताउदै बालिका खत्रीले गाउँमा आएका अंकलहरुपनि स्वास्थ्य रहेकाले चाडै क्वारेन्टाइनबाट खुला हुने बताउनुभयो ।  चैत्र ६ गते ओमनबाट काठमाडौ झरेर दुई युवा चैत्र ९ गते कार्कीडाडाँ आएको असाबधानी पुर्वक गाउँमा डुल्ने र चैत्र १५ गते छिमेकीको मृत्यु पश्चात बसमा गाउले सगै मलामी पुगेपछि आशंकाको आधारमा क्वारेन्टाइनमा गाउँलाई राखिएको हो ।

क्वारेन्टाइनमा बसेको कार्कीडाडाँमा हरेक दिन मेडिकल टिम पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको छ भने प्रहरीले गाउँमा जाने दुई नाकामा बाहिर निश्कन र भित्र छिर्न सबैलाई रोक लगाएको छ ।
गाउनै क्रेन्टाइनमा बसेसगै खाध्यान्नको अभाब भएको गुनसो आएको बताउदै गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले एक दुई दिनमै समस्या सामाधान गर्ने बताउनुभयो ।

 

 



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?