logo
२०८१ बैशाख ७ शुक्रवार



बालबालिकामा कोरोनाको जोखिम

पढ्नै पर्ने |


बालबालिकामा कोरोनाको जोखिम
तस्बिर: सिन्ह्वा


इश्वरचन्द्र झा

काठमाडौं, चैत्त २० गते । उद्दमी एलन मस्कले बालबालिकामा कोरोना भाइरसको संक्रमण अनिवार्य प्रतिरोधी रहेको ट्वीट गर्नुभएपछि उक्त तथ्यको विश्वसनीयतामाथि बहस जारी छ । यद्दपी उहाँको भनाईको आशय भने फरक छ । वृद्ध व्यक्ति कोरोनाबाट संक्रमित भए जटिल वा मृत्यु समेत हुन सक्ने भएपनि बालबालिका संक्रमित भए उक्त दर नगण्य हुन्छ ।

यद्दपी बिरामीको अध्ययन अनुसन्धानबाट केही युवामा कोरोना भाइरसको संक्रमणले गम्भिर परिणामसम्म पुर्याएको छ । विश्वभरिका विद्यालयहरु एकैपटक केही साताका लागि बन्द हुँदा आमाबुवालाई बालबालिकामा पार्न सक्ने प्रभावलाई लिएर चिन्तित तुल्यायो । सामाजिक दूरी बनाउनुपर्ने सावधानीका प्रमुख उपाय सम्बन्धित निकायले सिफारिश गर्दा आमाबुवा थप चिन्तित देखिए । बालबालिकामा चेतना अभाव र स्वभावले उक्त उपाय अपनाउन कठीन देखिन्छ ।

बालबालिकामा कोरोनाको संक्रमण हुन्छ त ?

हो, युवा, प्रौढ जस्तै बालबालिका पनि कोभिड–१९ भाइरसको सम्पर्कमा आए संक्रमित हुन्छ । महामारीको रुप लिएपछि सुरुमा बालबालिका कोरोनाबाट संक्रमित नहुने धारणा बन्यो । “तर अब भने युवा र प्रौढमा फैलिने दरमै बालबालिकामा पनि कोरोनाको संक्रमण फैलिने देखिएको स्पष्ट भइसकेको छ, तर बालबालिका गम्भिर हुने अवस्थाबाट भने पूर्ण सुरक्षित छन् ।”– अक्सफोर्ड विश्वविद्यालयमा बाल संक्रमण र प्रतिरोधी विषयका प्राध्यापक समेत रहनुभएको एन्ड्रयु पोलार्ड प्रष्ट्याउनुहुन्छ । उहाँका अनुसार कोभिड–१९ भाइरसको सम्पर्कमा आए बालबालिकामा पनि हल्का लक्षण देखिन्छ ।

चीनको सेन्टर फर डिजेज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्याङ्क बमोजिम फेब्रुअरी २० सम्म ७२ हजार ३१४ संक्रमितमध्ये १९ वर्ष मुनिका दुई प्रतिशत संक्रमित भए । अमेरिकामा ५०८ संक्रमितको अध्ययन गर्दा कुनै बालबालिकाको मृत्यु नभएको पाइयो । उक्त उमेर समूहका करिब एक प्रतिशतमा मात्रै संक्रमण देखियो ।

बेलायतकै साउथम्पटनस्थित बाल अस्पतालमा कार्यरत संक्रामक रोग परामर्शदाता डा. सञ्जय पटेलका अनुसार यात्रा र कार्यस्थलमा संक्रमण फैल्ने हुँदा वयस्कको अपेक्षा बालबालिकामा संक्रमण थोरै देखिएको हुन सक्छ । “तर अब भने लकडाउनको क्रममा वयस्क पनि घरमा समय बिताउने हुँदा बालबालिकामा संक्रमण दर बढ्न सक्छ, तर नहुन पनि सक्छ ।” – पटेल थप्नुहुन्छ ।

तर विश्वब्यापी चलनले भने वयस्कभन्दा बालबालिकामा संक्रमण कम रहेको देखिन्छ । बालबालिकामा परीक्षण दर पनि थोरै गरिएको हुन सक्छ । अस्पतालमा गम्भिर लक्षण देखिएपछि मात्रै परीक्षण गरिदैछ । जसमध्ये थोरै बालबालिका छन् । “हामीले सोचेको भन्दा बढी बालबालिका संक्रमित छन्, सबै बालबालिकालाई हामीले परीक्षण गरेका छैनौं ।”– पटेलको तर्क छ ।

वयस्कभन्दा बालबालिकामा कसरी संक्रमण फरक प्रभाव पार्छ ?

डा. पोलार्डका अनुसार क्यान्सरको कारणले ‘इम्युनोसप्रेसिभ थेरापी’ गराइरहेका बालबालिका पनि कोभिड–१९ का वयस्क संक्रमितभन्दा थोरै प्रभावित भएका छन् । वयस्कभन्दा बालबालिकाले कोभिड–१९ को संक्रमण हल्का मात्रै अनुभव गर्छन् ।

कोभिड–१९ बाट संक्रमित बालबालिकामा चिनियाँ अध्ययनको तथ्याङ्कले आधामा मात्रै ज्वरो, रुघा, घाँटी दुख्ने, नाकबाट सिंगान आउन, शरीर दुख्ने र हाछँयु आउने लक्षण देखियो । करिब एक तिहाइमा निमोनियाको लक्षण देखियो । र अत्यन्तै जटिल अवस्थामा मात्रै श्वास लिन कठीनाइ भएको पाइयो ।

साउथम्पटन विश्वविद्यालयका मानार्थ बाल परामर्शदाता ग्राहम रोबर्टका उल्लेख गर्नुहुन्छ, “कोभिड–१९ संक्रमित बालबालिकामा माथिल्लो वायुनली जोडिएको नाक, मुख र घाँटीमा मुख्यरुपमा प्रभाव बढी पार्छ, जसले गर्दा चिसो लागेको लक्षण देखापर्छ । तर वयस्कमा भने तल्लो वायुनली र प्रणाली प्रभाव पार्छ, जसले गर्दा श्वास लिन कठीनाई अनुभव हुन्छ ।”

अध्ययन बमोजिम चीनमा कोभिड–१९ को संक्रमणले गम्भिर बिरामी भएका बालकालिकामा श्वासमा कठीनाइ उत्पन्न गराउने लक्षण मात्र छ प्रतिशतमा पाइयो, जबकि वयस्क १९ प्रतिशतमा उक्त समस्या फेला पर्यो । एक प्रतिशत बालबालिकामा त संक्रमणको कुनै लक्षण नै देखिएन । एक प्रतिशत वयस्क स्पर्शोन्मुख देखिए ।

तर प्रश्न के छ भने कोभिड–१९ संक्रमित बालकालिकामा हल्का मात्रै लक्षण देखिन्छ वा बालकालिका भाइरसबाट संक्रमित नै हुन्न । डा. पटेल भन्नुहुन्छ, “वयस्क जति निश्चित रुपले बालकालिका प्रभावित र संक्रमित हुन्न ।”
देवीड हाइड अस्थमा र एलर्जि शोध केन्द्र, बेलायतका निर्देशक समेत रहनुभएका रोबर्टका अनुसार भाइरसलाई कोषभित्र पुग्न सतहमा प्रोटिनको आवश्यकता पर्छ र जसले समस्या निम्त्याउन सुरु गर्छ । कोरोना भाइरसले एन्जियोटेन्सिनलाई प्रयोग गरी इन्जाइम दुई तयार गर्छ । तर बालबालिकाको नाक, मुख र घाँटीको भन्दा फोक्सोमा एस–२ को मात्रा कम हुन्छ, जसले गर्दा फोक्सोमा संक्रमण कम र माथिल्लो भागमा बढी देखिन्छ ।

यद्दपी चिनियाँ अध्ययन अनुसन्धानले नवजात शिशुमा कोभिड–१९ को संक्रमण बढी हुने देखाएको छ । अध्ययन बमोजिम कोभिड–१९ संक्रमित दशजना नवजात शिशुमध्ये एकजनामा मात्रै जटिल समस्या देखियो । तर उमेर बढ्दै जाँदा पाँच वर्ष वा त्यसभन्दा माथिको उमेरमा एक सयजना संक्रमितमध्ये मत्र तीन वा चारजनामा गम्भिर अवस्था पाइयो ।

चिनियाँ अनुसन्धानका अनुसार नौ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाको मृत्यु भएको छैन् । १९ वर्ष मुनिको उमेर समूहका एकजना मात्रै मृत्यु भएको पाइयो । एकजना मात्रै संक्रमित १४ वर्षीय किशोरको मृत्यु भएको दत्र्ता गरिएको छ । यद्दपी मार्च २३ मा पहिलेदेखि स्वास्थ्य समस्यामा रहेका एकजना १८ वर्षीय युवाको मृत्यु दत्र्ता गरिएको छ ।

नवजात शिशुमा पनि संक्रमण हुन्छ ?

नवजात शिशुमा पनि संक्रमण पाइएको छ । विश्वका अधिकांश राष्ट्रमा कोभिड–१९ को संक्रमण महामारीको रुप लिएको छ । तर हालसम्म दुईजना नवजात शिशुमा मात्रै संक्रमण पाइएको छ । एकजना चीनको वुहानमा र अर्को बेलायतको लण्डनमा । शिशु आमाको गर्भमै संक्रमित भए वा जन्म लिएपछि सम्बन्धमा अझै प्रष्ट भइसकेको छैन् । दुबै शिशुको आमामा भने कोरोनाको संक्रमणको पुष्टि भएको थियो ।

संक्रमणबाट बालकालिकालाई कसरी बचाउने ?

नियमित साबुन पानीले हात धुने, सामाजिक दूरी बनाउने, भाइरस हुन सक्ने आशंका लागेको सतहलाई किटाणुरहित बनाएर बालबालिकालाई संक्रमित हुनबाट बचाउन सकिन्छ । डा.पोलार्डका अनुसार जस्तोसुकै परिस्थितिमा पनि बालबालिका कोभिड–१९ को गम्भिरता निम्ताउने अवस्थाबाट सुरक्षित छन् ।

बालबालिकाले संक्रमण सार्छ ?

हो, बालबालिकाले संक्रमण सार्छ । बालबालिकामा कोभिड–१९ को लक्षण हल्का मात्रै देखिने हुँदा हामीले वेवास्ता गरिरहँदा ऊ वयस्क व्यक्तिको सम्पर्कमा आए कोभिड–१९ सार्ने जोखिम बढाउँछ ।

(बीबीसीका लागि माइकल फर्नान्डिजले तयार गर्नुभएको रिपोर्टको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?