logo
२०८० चैत्र ६ मंगलवार

  कोरोनाबारे कोरियामा रहेका नेपाली भन्छन् 



मिडियामा आए जस्तो भयाबह अबस्था छैन, आत्तिनु पर्दैन

मुख्य समाचार |
पढ्नै पर्ने |
विदेश |


मिडियामा आए जस्तो भयाबह अबस्था छैन, आत्तिनु पर्दैन


केशवराज पौडेल
काठमाडौं, फागुन १३ गते । ‘भिनाजू नमस्कार, कोरोना भनेर हल्ला गर्छन्, के छ खास कुरा भन्नुस् त ? असुरिक्षत लाग्छ भने त्यहाँबाट हिँडीहाल्नु पर्छ है’ दक्षिण कोरियामा इपिएस कोटा मार्फत कार्यरत भिनाजूलाई नेपालमा रहेका सालोले म्यासेन्जरमा गरेको प्रश्न हो यो ।
‘अहिलेसम्म त्यस्तो डराउनु् पर्ने कुरा त छैन, भोलिका दिन बढ्न सक्छ, बढी हाल्यो भने नेपाल आउने सोचमा छु, अहिलेसम्मको जानकारी अनुसार हाम्रोभन्दा अर्कै शहरमा नौ सय जनामा कोरोना भाइरस देखिएको भन्ने कुरा छ, ३५ हजारमा लक्ष्यण देखिएको छ,आठ जनाको चाही मृत्युनै भइसक्यो ।’
सालोलाई उत्तर दिदै भिनाजूले भने पछि सालो अर्थात यो पंत्तिकारले जिज्ञासा राख्दै सम्बन्धित क्षेत्रमा रहेका थप नेपालीलाई बुझ्ने प्रयास ग¥र्याे । भिनाजू अर्थात कोरियामा पाँच बर्षदेखि कार्यरत काभ्रेपलाञ्चोक जिल्ला शंखुका ३७ बर्षिया श्यामहरि लामिछाने हुनुहुन्छ ।
नेपाल समन्वय समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष गणेश तिमल्सिना कोरियामा रहेका नेपालीहरू सुरक्षित रहेको बताउनुहुन्छ । उहाँले मिडियामा भनेको जस्ते भयावह अवस्था भने नभएको बताउनुहुन्छ । जुन शहरबाट रोग सुरु भएको भनिएको छ त्यहाँको शहर शील गरिएका कारणले समस्याग्रस्त जस्तो प्रचार भए पनि नेपालीहरु भने सुरक्षित रहेको तिमिल्सिनाले बताउनुभयो ।
कोरियाको फाजुसी सियोलमा नेपाली कामदार सुरिक्षत रहेको बताउँदै सो शहरमा एक हजारदेखि १५ सय कामदारले नियमित रुपमा काम गरिरहनु भएको बताउनुभयो । तर आफूहरू प्रत्यक्ष आमनेसामनेमा परेर कुराकानी गर्ने, माक्स र पञ्जा नलगाएको मान्छेहरुसँग नबोल्ने गरेको तिमल्सिनाले बताउनुभयो ।
उहाँले भविष्यमा के होला त्यो अहिलेनै भन्न नसकिने भए पनि अहिले नेपालीहरु भने असुरिक्षत नरेहको जानकारी दिनुभयो । त्यहाँको सरकार र रोजगारदाता कम्पनीले समेत उच्च शर्तकता अपनाएको तिमल्सिनाले बताउनुभयो । उहाँले संचार माध्यममा आएको जस्तो विकराल समस्या भने नभएको बताउनुभयो ।
लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए । ‘समाचार आएको जस्तो धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन’ तिमल्सिनाले थप्नुभयो ‘कोरियाको सरकार आफैले संक्रमण नफैलियोस् भनेर सन्देश प्रवाह गरिरहेको छ ।’
सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यमबाट कोरोनासँग सर्तक रहन सूचना जारी गरिरहेको छ । नेपाली दुतावासले समेत समन्वयकारी भुमिका खेलिरहेको तिमल्सिनाले टेलिफोन सम्पर्कमा बताउनुभयो ।
सियोलस्थित नेपाली दूतावासले कोरियामा कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन यसअघिनै आग्रह गरिसकेको छ । सबैभन्दा बढी संक्रमण देखापरेको कोरियाको थेगुसँगै आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण पैmलिएको खबर सुनेपछि चीनमा जस्तै गरेर कोरियाबाट समेत फर्काउन सामाजिक संञ्जालमा अनुरोध गरे पनि कोरियामा हुनेहरुले भने अहिलेसम्म त्यस्तो त्रासको अवस्था भने आइनसकेको बताउनुहुन्छ ।
सरकार तयारी अबस्थामा
यस्तै सरकारी तबरबाट भएको पूर्व तयारी बारे कुरा गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले यस विषयमा परराष्ट्र मन्त्रलाय तथा कोरियास्थित नेपाली दूतावासले समन्वय गरी रहेको र त्यस्तो आपतकालीन अबस्था आए आफूहरु तयारी अबस्थामा रहेको बताउनुभयो ।
उहाँले कोरिया सरकार कोरोना नियन्त्रण गर्न सुक्ष्म तरिकाले काम गरी रहेको तथा कोरियाली पक्षले अहिले आ ित्तहाल्ने अबस्था नरहेको बताएको जानकारी गराउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?