logo
२०८० चैत्र ६ मंगलवार



सन्दीप लामिछाने एशिया एघारबाट खेल्ने

पढ्नै पर्ने |
खेलकुद |


सन्दीप लामिछाने एशिया एघारबाट खेल्ने


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १३ गते । बङ्गलादेशमा हुने एशिया एघार र विश्व एघारबीचको स्पर्धाका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने चयन भएका छन् । बङ्गलादेशले आयोजना गर्ने उक्त प्रतियोगितामा एशिया र विश्व एघारबीच तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलाइनेछ ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमल हस्सनले खेलाडीको नाम सार्वजनिक गर्नुहुँदै सन्दीप लामिछानेले खेल्ने सुनिश्चित गर्नुभएको छ । लामिछानेले अष्ट्रेलियाको बिग बैश लिग र घरेलु एकदिवसीय श्रृखंलामा अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उक्त प्रदर्शनको आधारमा बङ्गलादेश क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसँग पत्राचार गर्दै सन्दीपलाई एशिया एघारबाट खेल्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा सन्दीपले सहमति जनाएपछि मात्रै उहाँसहित एशिया एघारका खेलाडीको सूची सार्वजनिक गरिएको छ ।
बङ्गलादेशले बङ्गाबन्धुको एक सयवर्षको अवसर पारेर तीन म्याचको टी ट्वान्टी श्रृखंला आयोजना गर्दैछ । जुन आगामी महिनाका लागि निर्धारण गरिएको छ । उक्त श्रृखंलाको पहिलो खेल मार्च २१ तारेखमा बङ्गलादेशमा हुनेछ ।
बङ्गलादेश क्रिकेट बोर्डले भने एशिया एघार र विश्व एघारबाट खेल्ने १५ खेलाडीको सूची सार्वजनिक गरेको छ । टोलीको कप्तान भने निर्धारण गरिसकिएको छैन् ।
एशिया एघारबाट भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली, करण लोकेश राहुल, ऋषभ पन्त, कुलदीप यादब र मोहम्मद सामी समेत खेल्नुहुनेछ । भारतीय कप्तान कोहली र लोकेश राहुलले एक खेलमा मात्रै सहभागी हुने जनाएको छ । यद्दपी भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन् । बोर्डकै सहमति बङ्गलादेशले खेलाडीको सूची तयार गरेको हो ।
त्यसैगरी टोलीमा अफगानिस्तान, श्रीलङ्का, बङगलादेशसहितका खेलाडी अटाएका छन् । टोलीका अन्य सदस्यहरुमा तामिम इकवाल, लिटन दास, शिखर धवन, मुस्तफिजुर रहमान, राशिद खान, थिसारा परेरा, लासिथ मलिङ्गा, मोहम्मद सामी, कुलदीप यादब र मुजीब ऊर रहमान रहेका छन् ।
विश्व एघारबाट एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पूरन, ब्राण्डन टैलर, जोनी बैरिस्ट, क्यारन पोलार्ड, अदिल राशिद, शेल्डन कट्रेल, लुङ्गी एनगिदी, एन्ड्रय टाय र मिसेल म्याकक्लघंम रहेका छन् । डु प्लेसिस टोलीको कप्तान तोकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?