logo
२०८० चैत्र ६ मंगलवार



कोराेना भाइरस विरुद्धको ‘भ्याक्सिन’ पत्ता लागेको दावी

फिचर |
स्वास्थ्य |
पढ्नै पर्ने |
खुला |


कोराेना भाइरस विरुद्धको ‘भ्याक्सिन’ पत्ता लागेको दावी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १३ गते । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ । ।
चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको थियो । उहाँले आफंैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गर्नुभएको थियो । सो क्रममा उहाँमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ ।
साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ ।
सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।
उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?