logo
२०८१ बैशाख ११ मंगलवार



प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल

मुख्य समाचार |


प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल



गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गर्नुभएको छ । पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको हो ।

‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री ओली खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रित भयो ’ प्रेस संयोजक विष्णु सापकोटाले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।उहाँहरुसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि उक्त भेटवार्तामा सहभागिता जनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?