logo
२०८१ बैशाख ८ शनिवार

  बाह्रबीसे पहिरो अपडेट  



चार घाइतेको हेलिकोप्टरबाट उद्धार, बेपत्ताकाे खोजी हुँदै

मुख्य समाचार |
पढ्नै पर्ने |


चार घाइतेको हेलिकोप्टरबाट उद्धार, बेपत्ताकाे खोजी हुँदै


चित्र मिजार
सिनधुपाल्चोक, असार २५ गते । बाह्रबिसे नगरपालिका-५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट राजधानी उपचार गर्न लगिएको छ  ।
गम्भीर दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ उपचारको लागि लगिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्ले दुई घाइतेलाई राजधानीको ह्याम्स अस्पतालमा पठाइएको जानकारी दिनुभयो । यस्तै राससका अनुसार  यसैगरी बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।     
यस्तै, घटनामा बेपत्ता हुनेहरूको पहिचान भएको पनि डीएसपी काफ्ले बताउनुभएको छ । बेपत्ता हुनेहरूमा बाह्रबिसे नगरपालिका-५ का भीमबहादुर वाइबा, चिनीमायाँ वाइबा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाइबा रहेका छन् । त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तबहादुर, सुवेश, सबिता तामाङ रहेका छन् । अन्यको पहिचान नखुलेको खोजी भइरहेको जनाइएको छ ।
मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको डिएसपी काप्लेले जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता हुनेहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीबाट खोजी कार्य भईरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?